श्रावण ४, २०८२ आइतबार July 20, 2025

भेरोसेलको दोस्रो मात्रा खोप लगाउन १२ स्थान तय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौं महानगरपालिकाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउनका लागि १२ स्थान तय गरेको छ । गत जेठ २५ गतेदेखि कोरोनाविरुद्धको उक्त खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई काठमाडौंमहानगरपालिकाले आजदेखि यही असार २४ गतेसम्म दोस्रो मात्रा लगाउनका लागि १२ स्थान तय गरेको हो ।

खोप केन्द्रहरुमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, शङ्करमपुर अस्पताल, हिमाल

अस्पताल, ओम अस्पताल एवं रिसर्ज सेन्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय र जनमैत्री अस्पताल बालाजु रहेको कामपाले जानाएको छ ।

कामपाका शहरी स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकले आफूलाई पायक पर्ने अस्पतालमा पुगेर खोप लगाउन पर्नेछ ।त्यसका लागि पहिलो मात्रा लगाएको खोप काड अनिवार्य लानुपर्ने छ ।

पहिलो मात्र लगाउने बेला कामपाले ३२ वटा खोप केन्द्रबाट कार्यक्रम सञ्चालन गरेको थियो । भीड कम गर्नका लागि भन्दै प्रत्येक दिन एक उमेर समूहलाई मात्र खोप लगाएको थियो ।

यसअघि स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन नजिकको केन्द्रमा जान आग्रह गरेको थियो ।

त्यसैगरी यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको वैशाख २५ गतेको निर्णयानुसार कामपासहित जेठ २ गतेदेखि काठमाडौं जिल्लामा कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइएको थियो ।

जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप करिब एक लाख व्यक्तिले लगाएका थिए । त्यसैगरी आजदेखि लागाइने खोपका लागि काठमाडौं जिल्लाका लागि अन्य स्थानीय तहले पनि १९ वटा खोप केन्द्र तय गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार