श्रावण ४, २०८२ आइतबार July 20, 2025

जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षका नेताहरु निर्वाचन आयोगमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टी विवाद समाधानको लागि छलफल गर्न आयोगले बोलाएपछि महन्थ र उपेन्द्र पक्षका नेताहरु आयोग पुगेका हुन् ।

आयोगको स्रोतले दिएको जानकारी अनुसार महन्थ ठाकुर पक्षबाट महन्थसहित राजेन्द्र महतो, उमाशंकर अरगरिया, लक्ष्मणलाल कर्ण र सुरेन्द्र झा साथै उपेन्द्र यादव पक्षबाट यादवसहित महेन्द्र राय दादव, राजेन्द्र श्रेष्ठ र प्रकाश अधिकारी लागयतका नेताहरुको सहभागिता रहेको छ ।

दुवै पक्षका आ-आफ्ना अडानका कारण पार्टीभित्र विवाद चुलिएर आयोग पुग्ने अवस्था आएको हो । उपेन्द्र पक्षले महन्थ पक्षले गल्ती स्वीकार गरि आत्मआलोचना गरेमा पार्टी एकता हुने अडान राख्दै आएको छ । भने महन्थ पक्ष भने पुनर्गठिन कार्यकारिणी समितिलाई मान्यता दिएमा सहमती हुने अडान राखेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया