श्रावण ४, २०८२ आइतबार July 20, 2025

देशभर तीन हजार ९०० केन्द्रबाट ‘भेरोसेल’ को दोस्रो मात्रा लगाइँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले कोरोना भाइरसविरुद्धको ‘भेरो सेल’ खोपको दोस्रो मात्रा आजदेखि ज्येष्ठ नागरिकलाई लगाउँदै छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभरिका तीन हजार ९०० खोप केन्द्रबाट ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई ‘भेरोसेल’ को दोस्रो मात्राको खोप लगाइरहेको छ ।

काठमाडौँ जिल्लामा ३२ सहित उपत्यकामा ४७ खोपकेन्द्र छन् । खोप बिहान १० देखि अपराह्न ४ बजेसम्म मन्त्रालयले तोकेको खोप केन्द्रबाट प्रदान गरिने छ । स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले करीब पाँच लाख जनालाई भेरोसेलको दोस्रो मात्राको खोप प्रदान गर्न थालिएको जानकारी दिनुभयो ।

खोप अभियान आजदेखि यही असार २४ गतेसम्म सञ्चालन हुने छ । उहाँका अनुसार गत जेठ २५ देखि २९ गतेसम्म लगाएका ज्येष्ठ नागरिक र त्यसअघि भेरो सेलको पहिलो मात्रा लगाएर छुट भएका व्यक्तिलाई पनि दोस्रो मात्रा दिइने छ ।

खोप लगाउनका लागि पहिलो मात्रा लगाइएको कागज अनिवार्य देखाउनुपर्ने छ । नेपालमा अहिलेसम्म सात लाख ५९ हजार ९५४ ले दोस्रो र २६ लाख ११ हजार ८०७ जनाले पहिलो मात्राको खोप लगाइसकेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार