श्रावण ४, २०८२ आइतबार July 20, 2025

दश लाखको स्वास्थ्य सामग्री सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सङ्खुवासभाको जिल्ला अस्पताललाई रु १० लाखको स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण भएको छ । वनहर्ट वल्र्डवाइड संस्थाले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला अस्पताल सङ्खुवासभालाई स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

वनहर्ट वल्र्डवाइडले कोभिड–१९ न्यूनीकरणका लागि सहयोग गर्ने उद्देश्यले रु १० लाख ६३ हजार ५७९ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

उक्त संस्थाले अक्सिजन कन्सन्ट्रेटर र ब्याट्रीसहित पाँच, भोल्टेज रेगुलेटर दुई, मास्क एक हजार ५००, मल्टीभिटामिन १८ हजार, फेस सिल्ड २४० थान, ग्लोब्स, पिपिईलगायत १६ प्रकारका विभिन्न स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको वनहर्ट वल्र्डवाइड संस्थाका जिल्ला प्रतिनिधि प्रदीप घिमिरेले जानकारी दिनुभयो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत वर्षसमेत वनहर्ट वल्र्डवाइड संस्थाले गरेको सहयोग सराहनीय भएको जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले बताउनुभयो ।

जिल्लामा चार वर्षदेखि कार्यरत संस्था वनहर्ट वल्र्डवाइडले कोरोना महामारीलाई लक्षित गरेर स्वास्थ्य सामग्री सहयोग गरेकामा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शाक्यले धन्यवाद दिनुभयो । वनहर्ट वल्र्डवाइडले बर्थिङ सेन्टरको अध्ययन गरेर सामग्री दिनुमा निकै ठूलो भूमिका रहेको समेत उहाँले बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले तुलनात्मक रूपमा कोरोना सङ्क्रमितहरू नेपालमा पछिल्लो समय घट्ने क्रममा रहेको बताउँदै विभिन्न दाताले दिएको स्वास्थ्य सामग्रीलाई सही ढङ्गले सदुपयोग गर्नसमेत अनुरोध गर्नुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार