काठमाण्डौंः कोरोना भाइरस सङ्क्रमणबाट दैलेखको डुङेश्वर गाउँपालिका–२ का वडा सदस्य तेजबहादुर थापाको आज बिहान मृत्यु भएको छ ।
कोरोना भाइरस सङ्क्रमण भएपछि उहाँको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको अस्पतालका सुपरिटेण्डेन प्रकाश थापाले बताउनुभयो । यस्तै दैलेख जिल्ला अस्पतालमा मङ्गलबार नेपाली कांग्रेस दैलेखका पूर्वपार्टी सभापति जगतजंग थापाको पनि मृत्यु भएको थियो ।
जिल्लामा कोरोना सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको जिल्ला अस्पताल दैलेखका निमित्त प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल जिल्ला अस्पतालको आइसोलेसनमा १४ जनाको उपचार भइरहेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या ९७ छ ।
जिल्लामा गत महिना मृत्युदर शून्य भए पनि यो महिना बढेकाले यसप्रति सबैलाई सचेत रहन उहाँले आग्रह गर्नुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया