श्रावण ४, २०८२ आइतबार July 20, 2025

चीनसँग खरिद गरिएको ‘भेरोसेल’ खोपको आठ लाख डोज काठमाडौं आइपुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चीनसँग खरिद गरिएको कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’को आठ लाख डोज काठमाडौं आइपुगेको छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी विमानले चीनको बेइजिङबाट आठ लाख डोज खोप आज बिहान काठमाडौं ल्याएको हो । वाइडबडीले पहिलो चरणमा आठ लाख डोज खोप ल्याएको नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचनले जानकारी दिनुभयो ।

नेपालले चीनको सिनोफार्म कम्पनीबाट ४० लाख डोज खोप खरीद गरेको हो । त्यसमध्ये पहिलो खेपमा निगमको जहाजले आठ लाख डोज खोप ल्याएको हो ।

त्यस्तै, फेरि दोस्रो खेपका लागि असार ३१ गते निगमको जहाज चीन जाने कार्यतालिका रहेको छ। त्यस्तै तेस्रो खेपमा खोप ल्याउन निगमको जहाज साउन ७ मा चीन जाने भएको छ ।

आज ल्याइएको खोप ५५ वर्षभन्दा माथिका नागरिकलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार