काठमाडौंः पछिल्लो २४ घण्टामा थप एक हजार ४७९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ३० जनाको मृत्यु भएको छ ।
योसँगै नौ हजार ३५० जनाको मृत्यु भैसकेको छ ।पछिल्लो २४ घण्टामा एक हजार ३१६ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४.५१ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया