श्रावण ४, २०८२ आइतबार July 20, 2025

खोपको क्लिनिकल ट्रायलका लागि दुई विदेशी कम्पनीको आवेदन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डौंः कोरोना भाइरस विरुद्धको खोपको क्लिनिकल ट्रायल गर्न सरकारले कानुनी आधार तयार गरेसँगै दुई विदेशी कम्पनीले तेस्रो चरणको ल्किनिकल ट्रयालका लागि आवेदन गरेका छन् । हालै सरकारले कोरोना भाइरसविरुद्धको तेस्रो चरणको खोपको लागि नेपालमा टा«यल गर्न दिने निर्णय गरेसँगै सो आवेदन परेको हो ।

हालसम्म चीन र दक्षिण कोरीयाबाट दुई वटा खोप कम्पनीले नेपालमा खोप तेस्रो चरणको ट्रायलका लागि निवेदन दिएको नेपालस्वास्थ्य अनुसन्धान परीषद्ले जनाएको छ । तर कुन–कुन कम्पनीले निवेदन दिएका छन् भन्ने विषयमा भने अहिले भन्न नमिल्ने परीषद्ले जनाएको छ । अन्य मुलुकका खोप कम्पनीहरूसँग पनि खोपको ट्रायलका लागि कुरा गरीरहेको परीषद्ले जनाएको छ ।

विदेशी खोप कम्पनीले नेपालमा खोप ट्रायल गर्नको लागि पहिलो र दोस्रो ट्रायल सफल भइसकेको हुनुपर्ने भए पनि नेपालकै कुनै कम्पनीको हकमा भने पहिलो चरणमै खोप ट्रायल गर्न दिइने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा.प्रदीप ज्ञवालीले बताउनुभयो । “विदेशी खोप कम्पनीले भने नेपालमा खोप ट्रायलको लागि पहिलो र दोस्रो परीक्षण सफल भएको प्रमाणहरु पेश गर्नुपर्ने हुन्छ भने यदि नेपाली खोप कम्पनीले खोप ट्रायल गर्न चाहेको अवस्थामा उसले पहिलो चरणबाट नै ट्रायल गर्न पाउने व्यवस्था रहेको छ ”उहाँले भन्नुभयो “यसरी खोपहरु ट्रायल गर्न दिँदा खोप उत्पादन भए पछि नेपाललाई पनि खोप दिनुपर्ने सर्तसहित हामीले सम्झौता गर्छौं । ”यसले नेपाललाई सुलभ साथै सहज तरिकाले खोप प्राप्त हुन सक्ने उहाँको बुझाइ छ । अहिले नेपालको कुनै खोपको क्लिनिकल ट्रायल गर्ने भन्नेबारे निश्चित नभएको डा. ज्ञवालीले बताउनुभएको छ ।

साथै नेपाली कुनै कम्पनीले खोप उत्पादनका लागि पहिलो चरणको क्लिनिकल ट्रायल गर्न चाहेमा उद्योग मन्त्रालय मार्फत आउनु पर्ने भए पनि उद्योग मन्त्रालयका प्रवक्ता डा.नारायणप्रसाद रेग्मीले अहिलेसम्म यससम्बन्धी कुनै कार्यविधि तयार नभएको कुनै कम्पनीले आवेदन पनि नदिएको बताउनुभयो ।

कस्तो छ खोप ट्रायलको प्रक्रिया ?

खोपको क्लिनिकल ट्रायल गर्नको लागि विदेशी संस्था वा कम्पनीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा निवेदन दिनुपर्ने हुन्छ । परिषद्ले खोपको लागि अनुमति दिनुपर्ने आधार स्पष्ट भएपछि अनुमतिका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय समक्ष पेश गर्नुपर्ने हुन्छ । त्यससछि मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सिफारिसलाई मन्त्रीपरिषद्द्वारा स्वीकृत गराउनुपर्ने हुन्छ । त्यसपछि ट्रायल गर्न लागिएको खोपलाई औषधि व्यवस्था विभागले अन्तिम स्वीकृति दिनुपर्छ । यो सबै प्रकृया पूरा भए मात्र खोपको क्लिनिकल ट्रायलको लागि बाटो खुल्नेछ ।

के छ सरकारको शर्त ?

सरकारले खोपको क्लिनिकल ट्रायलको लागि सहभागी व्यक्तिको पहिचान गोप्य राख्नुपर्ने सर्त राखेको छ भने सहभागी व्यक्तिको मञ्जुरीनामा समेत लिनुपर्ने शर्त राखेको छ । मञ्जुरीनामा अंग्रेजी, नेपाली वा क्लिनिकल ट्रायल गरिने व्यक्तिले बुझ्ने भाषामा क्लिनिकल ट्रायल सम्बन्धी विवरण, ट्रायलमा प्रयोग हुने खोप, खोपको मात्रा र खोपको सम्भावित असर, प्रभाव र जोखिमको विस्तृत जानकारी पछि मात्र खोप ट्रायल गर्न सकिने प्रावधान छ ।

जोखिमको सुरक्षा कस्तो छ ?

खोपको क्लिनिकल ट्रायलको क्रममा खोपका कारणले खोपको क्लिनिकल ट्रायल गरिने व्यक्तिको स्वास्थ्यमा असर परेमा स्वास्थ्य अनुसन्धान परिषद्ले स्वीकृत गरेको मुख्य अनुसन्धान प्रस्तावमा उल्लेख भए बमोजिम् खोप विकास गर्ने संस्था वा कम्पनीले व्यवस्थापन गर्नु पर्नेछ । खोपको ट्रायल गरिने व्यक्तिको बीमा अनिवार्य गर्नुपर्नेछ र सोको रकम औषधि परिषद्ले स्वीकृत गरेको मुख्य अनुसन्धान परिषद्मा स्वीकृत भए बमोजिम् खोप विकास गर्ने संस्था वा कम्पनीले नै व्यहोर्नुपर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार