श्रावण ४, २०८२ आइतबार July 20, 2025

आयुर्वेद सेवालाई स्थानीयस्तरमा पुर्याउन जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्थानीय तहका प्रमुखहरूले आयुर्वेद स्वाथ्य सेवालाई स्थानीयस्तरमा पु¥याउनुपर्नेमा जोड दिएका छन् । जिल्ला आयुर्वेद सेवा केन्द्र बनेपा, काभ्रेपलाञ्चोकले धुलिखेलमा आयोजना गरिएको ‘स्थानीय जनप्रतिनिधिहरूको सहभागितामा आयुर्वेदसम्बन्धी समन्वय र वार्षिक समीक्षा’मा स्थानीय तहका प्रमुखहरूले आयुर्वेद सेवाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका हुन् ।

सो क्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाका प्रमुख चिकित्सक मनोजकुमार चौधरीले यसै आर्थिक वर्षमा जिल्ला आयुर्वेद सेवा केन्द्रसहित चार आयुर्वेद औषधालय र तीनवटा नागरिक आरोग्य सेवा केन्द्रबाट गरी २३ हजार १७७ जनालाई सेवा प्रदान गरेको बताउनुभयो ।

जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द्रसहित आयुर्वेद औषधालय र तीनवटा नागरिक आरोग्य सेवा केन्द्रबाट बहिरङ्ग सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम, पूर्वकर्म, स्तनपायी आमा, योग सेवा, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, कोभिड तथा पोष्ट कोभिड बिरामीलाई आयुर्वेद औषधि तथा मनोसामाजिक परामर्श सेवा प्रदान गर्दै आएको कार्यालयका प्रमुख चिकित्सक मनोजकुमार चौधरीले बताउनुभयो । त्यसैगरी खरिबोट नागरिक आरोग्य सेवा केन्द्र पनौतीबाट विभिन्न सेवा गरी दुई हजार १८१, मण्डनदेउपुरबाट ५५१, भुम्लुबाट एक हजार ३११ जनाले सेवा पाएको जनाएको छ ।

त्यस्तै दाप्चा आयुर्वेद औषधालयबाट तीन हजार ९०७, बालुवा आयुर्वेद औषधालयबाट दुई हजार १२१, धुलिखेल आयुर्वेद औषधालयबाट दुई हजार ७७७ र मङ्गलटार आयुर्वेद औषधालयबाट छ हजार १३ जनाले सेवा लिएको जनाएको छ । केन्द्रका प्रमुख चौधरीका अनुसार कोरोना सङ्क्रमणको लहर फैलिएसँगै आयुर्वेदिक औषधि र उपचार विधि धेरै प्रभावकारी भएपछि सेवाप्रति चासो बढी भएको पाएको बताए ।

मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइबाले नगरपालिकाका स्वास्थ्य शाखाहरूमा आयुर्वेदिक सेवालाई सँगसँगै लानका लागि पहल गर्ने बताए । स्वास्थ्य, शिक्षाजस्ता सेवाहरू स्थानीय तहलाई हस्तान्तण गरेको अवस्थामा आयुर्वेद सेवा केन्द्रलाई पनि व्यवस्थापना गर्न पहल गर्ने उनको भनाइ छ ।

जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले आयुर्वेद सेवालाई सेवाग्राहीमाझ चिनाउन जरुरी रहेको बताए । अब स्थानीय तहले योजना बनाउँदाखेरी आयुर्वेदिक सेवा केन्द्रलाई पनि बजेटको व्यवस्था गरेर सेवा विस्तार गर्ने विषयमा केन्द्रित हुन उनले आग्रह गरे। जिल्ला आयुर्वेद सेवा केन्द्र बनेपा काभ्रेपलाञ्चोकको व्यवस्थापन समितिका अध्यक्ष प्रकाशबहादुर कायस्थले जिल्लामा रहेको आयुर्वेद सेवा केन्द्र, आयुर्वेद औषधालय र नागरिक आरोग्य सेवा केन्द्रको सेवा विस्तार गर्दै त्यसलाई अस्पतालका रूपमा विकास गर्नका लागि पालिकाहरूले महत्व दिन आग्रह गरे ।

जिल्लामा जिल्ला आयुर्वेद सेवा केन्द्रसहित धुलिखेल नगरपालिकाअन्तर्गत धुलिखेल आयुर्वेद औषधालय, नमोबुद्ध नगरपालिकाअन्तर्गत दाप्चा आयर्वेद औषधालय, पाँचखाल नगरपालिकाअन्तर्गत बालुवा आयुर्वेद औषधालय र रोशी गाउँपालिकाअन्तर्गत मङ्गलटार आयुर्वेद औषधालय रहेको छ भने नागरिक आरोग्य सेवा केन्द्रहरूमा पनौती नगरपालिकाको खरिबोट, मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकामा स्थापना गरी सेवा दिँदै आएको छ ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार