श्रावण ४, २०८२ आइतबार July 20, 2025

३२ लाख खोप आपूर्ति भइरहेको छ, खोप केन्द्रमा भीडभाड नगरौंः स्वास्थ्य मन्त्रालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप आपूर्ति नियमित भइरहेकाले खोप केन्द्रमा अनावश्यक भीड नगर्न अपिल गरेको छ ।

खोप अभाव हुने भन्दै खोप केन्द्रहरुमा अनावश्यक भीडभाड बढेपछि मन्त्रालयले नआत्तिन आग्रह गरेको हो । ‘चरणबद्ध तरिकाले लक्षिण वर्गहरुलाई उमेर समूह अनुसार खोप लगाउँदै सबै नागरिकलाई खोप लगाइने भएकाले आफ्नो पालोअनुसार वर्ग खुल्ने परिचय पत्र सहित खोप लगाउन सहजीकरण गरिदिनुहुन र अरुको खोप लगाउने पालोमा भीडभाय नगरी खोप अभियानमा सहयोग गर्न सबैमा हार्दिक अनुरोध छ,’ मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

साउन ६ गतेदेखि सरकारले खरिद गरेका खोपहरु चीनबाट निरन्तर नेपाल आउने भएको बताउँदै मन्त्रालयले साउन २५ गतेभित्र कम्तिमा ३२ लाख तथा त्यससपछि निरन्तर खोपहरु आउनेमा विश्वस्त तुल्याएको छ ।

सरकारले १८ वर्षमाथिका सबैलाई निःशुल्क खोप लगाउने तयारी गरिरहेको बताउँदै सरकारले अर्को चरणको खोप तयारीका लागि केही जिल्लामा खोप अभियान रोकिएको जानकारीसमेत दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार