श्रावण ४, २०८२ आइतबार July 20, 2025

मस्तिष्कघात भई उपचाररत प्रमुख जिसीको शल्यक्रिया हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः उच्च रक्तचापका कारण मस्तिष्कघात भई बिरामी भएका पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको काठमाडौँस्थित न्यूरो अस्पतालमा यतिखेर शल्यक्रिया भइरहेको छ ।

मस्तिष्कघात भई उपचारका लागि शुक्रबार काठमाडौँ लगिएका ६० वर्षीय जिसीलाई दाहिने आँखा र अनुहारको अगाडिको भागमा समस्या देखिएका कारण शल्यक्रिया गर्न लागिएको पोखरा– १३ का वडाध्यक्ष दर्शन लामाले राससलाई जानकारी दिए ।

उनका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्यसमेत रहेका जिसीको अस्पतालका न्यूरोसर्जन डा सुरज थुलुङ र डा शेखर श्रेष्ठसहितको टोलीद्वारा शल्यक्रिया भइरहेको छ ।

शुक्रबार बिहान करीब ४ः०० बजेको समयमा शरीरमा असहज महसुस भएपछि तत्काल पोखराको महेन्द्रस्थित मेडिप्लस अस्पतालमा उपचारका लागि लगिएको र त्यहाँ प्रारम्भिक उपचार गरी मणिपाल शिक्षण अस्पताल पु¥याइएको थियो ।

मणिपाल शिक्षण अस्पतालमा उपचारमा संलग्न चिकित्सकका अनुसार उच्च रक्तचापले मस्तिष्कघात भई त्यसको असरले उनको शरीरको देब्रे तर्फ समस्या देखिएको थियो । उच्च रक्तचापका कारण मस्तिष्कघात भई बिरामी भएका प्रमुख जिसीलाई थप उपचारका लागि शुक्रबार हेलिकप्टरमार्पmत काठमाडौँ लगिएको हो ।

महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपाली, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीलगायतका विभिन्न सङ्घसंस्थाले विज्ञप्तिमार्फत महानगर प्रमुख जिसीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार