श्रावण ३, २०८२ शनिबार July 19, 2025

काँग्रेस संसदीय दलको बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ दल नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक संसद भवन बानेश्वरमा दिउँसो २ बजे बस्ने नेपाली काँग्रेस संसदीय दलको सचिवालयले जनाएको छ ।

काँग्रेस संसदीय दलका नेता तथा पार्टीका सभापति शेरवहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछिको पहिलो बैठक हो ।

सभापति देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

बैठकमा नयाँ सरकार निर्माणसँगै पार्टीको भूमिका, संसदमा सत्ता पक्षको हैंसियतमा निर्वाह गर्नुपर्ने कामका बारेमा छलफल हुने सचिवालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया