श्रावण ३, २०८२ शनिबार July 19, 2025

नेकपा एमाले सांसद भीम रावलले दिए राजीनामा (पत्रसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने बेलामै सांसद रावलले पदबाट राजीनामा दिएका हुन् ।

एमाले विवाद समाधानका लागि बनेको कार्यदलको नेपाल समुहका संयोजकसमेत रहेका नेता रावल कार्यदलले नेता माधव नेपाललाई वुझाएको प्रतिवेदनप्रति असनतुष्टी जनाएर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताएपछि नेता रावलले सांसद पदबाट राजीनामा दिएको स्रोतले जनाएको छ ।

उनले सभामुख अग्नि प्रसाद सापकोटासमक्ष पुगेर राजीनामा दिने बताएका छन् ।

उनले पार्टीलाई आफ्नो पक्षबाट मिलाउन लागिपरेको भए पनि नेता नेपालबाट असहयोग भएकै कारण पार्टी एकता अन्योलमा परेको बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया