श्रावण ३, २०८२ शनिबार July 19, 2025

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रमुख प्रतिपक्ष दल नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजेका लागि डाकिएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ ।

आइतबार मात्रै मात्रै पार्टीको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा २२ सांसदले विश्वासको मत दिएका थिए । त्यसैले आजको बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।

एमाले स्थायी कमिटिको बैठकले आइतबार देउवाको पक्षमा मतदान गर्ने सांसदहरु एमाले नरहने निर्णय गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया