श्रावण ४, २०८२ आइतबार July 20, 2025

साउने सोमबार : देशभरका शिवालयहरुमा भक्तजनहरुको घुइँचो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साउनको पहिलो सोमबार आज देशभर शिवालयहरुमा भक्तजनहरुको भीड लागेको छ । आज बिहान पशुपतिनाथ परिसर लगायत अन्य शिवालयहरुमा भक्तजनले पूजाआजा गरेका हुन ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न निषेधाज्ञा जारी गरिएपछि पशुपतिनाथको मूल मन्दिर अहिले पनि बन्द छ । तर पशुपति मन्दिरमा पुगी बाहिरैबाट भक्तजनहरुले दर्शन गरेका छन् ।

आज विहान पशुपति क्षेत्रमा भक्तजनको चहलपहल सामान्य देखियो । आज साउन महिनाको पहिलो सोमबार पनि धेरै भक्तजनले बाहिरबाट दर्शन गरेर फर्किएका थिए। साउनलाई शीवको पूजा गर्ने पवित्र महिना मानिन्छ ।

विशेषगरी महिलाहरुले कोरोनाका कारण घर-घरमै ब्रत बसी पूजाआजा गर्ने गर्दछन् । साउने सोमबारको व्रत गरेमा यस लोकमा सुखशान्ति र परलोकमा समृद्धि प्राप्त हुन्छ भन्ने धर्मग्रन्थमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया