श्रावण ३, २०८२ शनिबार July 19, 2025

राप्रपा वैकल्पिक शक्तिका रुपमा अघि बढ्ने अध्यक्ष थापाको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा प्रजातान्त्रिक शक्तिलाई एकजुट बनाउन राप्रपाले वैकल्पिक शक्तिका रुपमा अगाडि बढाउन भूमिका निर्वाह गर्न लागेको बताउनुभएको छ ।

अध्यक्ष थापाले राप्रपा मकवानपुरद्वारा आज स्थानीय बकैया गाउँपालिका–४ जुरेलीमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा बोल्दै पार्टीको निष्ठा, सिद्धान्तलाई राजनीतिक दलहरुले जनहितका लागिभन्दा आफ्नो दलको स्वार्थका लागि मात्रै अगाडि बढाउँदा प्रजातान्त्रिक संस्कार र राष्ट्रप्रति जिम्मेवारीको भावना हराउँदै गएको छ भन्नुभयो ।

सो अवसरमा राप्रपा केन्द्रीय सदस्य राजाराम बर्तौला, राप्रपा जिल्ला सदस्य अर्जुन तिमल्सिना र राप्रपा बकैया गाउँपालिकाका अध्यक्ष राजाराम अर्यालले पार्टीको सङ्गठनलाई अनुशासित, मर्यादित र सुस्त बनाई महाधिवेशनमा सक्षम नेतृत्वको निर्वाचनका लागि कार्यकर्ताहरु एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया