श्रावण ४, २०८२ आइतबार July 20, 2025

ललितपुरमा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ललितपुर महानगरपालिकासहित गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिण ललितपुरको महाँकाल गाउँपालिकामा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइने भएको छ ।

मुलुकमा फैलिरहेको कोरोना महामारीबाट ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई जोगाउन सो खोप लगाउन लागिएको हो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालले जारी गर्नुभएको सूचनामा महानगरपालिकाअन्तर्गत सरकारी कार्यालयमा कार्यरत कर्मचारीका साथै स्वास्थ्य र सरसफाइकर्मी अनि विदेश जान प्रवेशाज्ञा लिइसकेका व्यक्तिलाई समेत सो खोप उपलब्ध गराइने उल्लेख छ ।

यसैगरी गोदावरी नगरपालिका र महाँकाल गाउँपालिकाले जारी गरेको सूचनामा भने पूर्ण तथा अति अशक्त अपाङ्गता भएका नागरिकका साथै हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई समेत सो खोप दिइने जनाइएकोे छ ।

महालक्ष्मीले सोमवारदेखि शुरु गरेको सो खोप अभियानमा हिजो खोेप लगाउन छुटेका सो उमेर समूहका व्यक्तिलाई खोप लगाइने जारीे सूचनामा उल्लेख छ ।

ललितपुरमा मङ्गलबार दिइने जोन्सन एण्ड जोन्सनको खोप निरीक्षण गर्न सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाका साथै नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले महानगपालिका–१ कुपण्डोलमा रहेको खोप केन्द्रको व्यवस्थापनबारे जानकारी लिनुभएको  थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार