काठमाण्डौंः नेपाल रेडक्रस सोसाइटी नलिन्चोक उपशाखाको आयोजना तथा कालिका नगरकोटी गुठी समाजको सहयोगमा सूर्यविनायक नगरपालिका–१० पीपलचौर सामुदायिक भवनमा आज निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
विपी नेत्र प्रतिष्ठान महोहरा बाल आँखा नाक, कान घाँटी अस्पताल एवं पुनस्र्थापना केन्द्रको प्राविधिक सहयोगमा गरिएको शिविरमा २३४ जनाको आँखा नाक, कान र घाँटीको परीक्षण गरिएको समाजका अध्यक्ष मुरारी नगरकोटीले जानकारी दिनुभयो ।
कोरोना महामारीमा आँखा नाक, कान र घाँटीको समस्या भएका बिरामीलाई अस्पताल गएर उपचार गर्न समस्या भएको अवस्थामा समाजले स्थानीयस्तरमा नै आयोजना गरेको शिविरमा स्वास्थ्य परीक्षण गराउने बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको छ ।
अस्पतालका चिकित्सक डा राजु गौतम, डा जनक पाण्डे, डा गीता वर्देवा र डा सावित्रा खवासले स्वास्थ्य परीक्षणमा सेवा दिनुभएको थियो । शिविरमा बच्चादेखि युवा र ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । थप उपचार आवश्यक पर्नेहरूलाई विशेष छुटमा अस्पतालमा थप उपचारको व्यवस्था गरिएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया