श्रावण ४, २०८२ आइतबार July 20, 2025

८ लाख चीनिया खोप लिन वायुसेवा निगमको बाइडबडी जहाज आज चीन जाँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनबाट खरिद प्रक्रियाअन्तर्गत थप खोप लिन बुधवार वायु सेवा निगमको जहाज चीन जाने भएको छ।

स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका अनुसार दोस्रो चरणमा पनि ८ लाख डोज नै खोप लिइनेछ। जहाजको क्षमता र नेपालमा खोप कार्यक्रम सञ्चालन गर्ने क्षमता अनुसार पुन ८ लाख खोप लिन लागेको आपूर्ति महाशाखाका प्रशासन प्रमुख उपेन्द्र ढुंगानाले बताए।

यही साताभित्रै थप ८ लाख डोज लिन जहाज चीन जाने महाशाखाको भनाइ छ। दुईपटक गरी यही साताभित्र थप १६ लाख खोप नेपाल आइपुग्ने प्रमुख ढुंगानाको भनाइ छ।

चीनबाट आएका खोपहरू अहिले अभियान सञ्चालन हुन नसकेको प्रदेशहरू प्रदेश एक, सुदूरपश्चिम प्रदेश र कर्णालीमा पठाइनेछ। यसअघि खोप अभियान सञ्चालन हुन नसकेको प्रदेशमा पठाउने र अर्को चरणमा आएको खोप पुनः प्राथमिकताको आधारमा खोप अभियान सञ्चालन हुने परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. झलक शर्माले बताए।

आपूर्ति महाशाखाका अनुसार आगामी अगस्तको पहिलो साता अर्थात् दुई साताभित्र जापानले कोभ्याक्स सुविधाअन्तर्गत दिने भनेको १६ लाख अष्ट्राजेनिकाको खोप दिने सम्भावना छ। चीनले बाँकी रहेको खोप चरणबद्ध रुपमा दिने महाशाखाले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार