श्रावण ४, २०८२ आइतबार July 20, 2025

नेपालमा थप २,८३८ जना कोरना सङ्क्रमित थपिए, १,४७५ लाई स्वास्थ्य लाभ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आज देशभर दुई हजार ८३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार १२ हजार ६१६ जनामा परीक्षण गर्दा दुई हजार ८३८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा आठ हजार ७१५ जनाको पिसिआर र तीन हजार ९०१ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । आज पुष्टि भएको नयाँ सङ्क्रमितसँगै देशभर बिरामीको सङ्ख्या सात लाख २४ हजार ४५५ पुगेको छ भने छ लाख ३६ हजार ४०२ जना पूर्ण स्वास्थ्य लाभ गरी घर फर्किएका मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीे जानकारी दिनुभयो ।

अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ८३२ रहेको छ । उहाँका अनुसार नेपालमा सङ्क्रमणदर १९.२ प्रतिशत रहेको जानकारी दिनुभयो । पिसिआर परीक्षण गरिएकामध्ये दैनिक २५ प्रतिशतलाई सङ्क्रमण भइरहेको उहाँले बताउनुभयो । एन्टिजेनबाट परीक्षण गर्दा २१ प्रतिशतमा सङ्क्रमण भइरहेको छ ।

स्वास्थ्य लाभपछि १,४७५ जना घर फर्किए

आज स्वास्थ्य लाभ गरेर घर फर्कनेको सङ्ख्या एक हजार ४७५ पुगेको छ । योसँगै घर छ लाख ३६ हजार ४०२ घर फर्किएका छन् । यस्तै आज ३० जनाको सङ्क्रमणका कारणले निधन भएको छ । योसँगै नौ हजार ६३७ जना सङ्क्रमणका कारणले निधन भएका छन् । प्रति १० लाख जनसङ्ख्यामा ३२४.८ जनाको निधन भएको छ ।

उहाँका अनुसार २४ हजार ३४० जना होम आइसोलेशन, दुई हजार ४९२ जना संस्थागत आइसोलेशन, ६२७ जना सघन उपचार कक्ष र १७१ जना भेन्टिलेटरमा रहेका छन् ।

काठमाडौँ उपत्यकामा ६९७ जना थपिए

काठमाडौँ उपत्यकामा ६९७ जना सङ्क्रमित थपिएका छन् । ललिपुरमा १२८ जना, काठमाडौँमा ४९० र भक्तपुरमा ७९ जना सङ्क्रमण थपिएका हुन् । उहाँले अझ पनि धेरै व्यक्ति सङ्क्रमित आशङ्कामा रहेकाले परीक्षणको दर बढाउनुपर्ने बताउनुभयो । “जति धेरै परीक्षण ग¥यो । त्यति नै मानिसलाई बचाउन सकिन्छ”, उहाँले भन्नुभयो, “त्यसैले सङ्क्रमितको सङ्ख्या पत्ता लगाउनका लागि परीक्षणको दायरा बढाउनुपर्दछ ।”

सहप्रवक्ता अधिकारीले खोप सबै नागरिकलाई उपलब्ध गराउने बताउनुभयो । उहाँले खोप लगाउन जाँदा भीडभाड नगर्न र जनस्वास्थ्यमा मापदण्ड लागू गर्न आग्रह गर्नुभयो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बाँस्तोलाले निधेषाज्ञा खुकुलो भएसँगै सङ्क्रमणको दर बढेकाले जनस्वास्थ्यमा मापदण्ड अपनाउन आग्रह गर्नुभएको छ ।

उहाँले अहिले पनि अस्पतालमा कोभिड–१९ का सङ्क्रमित आउने क्रममा कमी नभएकाले सचेत रहन आग्रह गर्नुभयो । उहाँले कोभिड–१९ सङ्क्रमण निको भए पनि मासपेशी दुख्ने, जोर्नी दुख्ने, मानसिक समस्या हुनेजस्ता समस्या देखिने गरेकाले समयमा नै उपचार गर्न आग्रह गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार