श्रावण ४, २०८२ आइतबार July 20, 2025

चितवनमा कोरोनाका कारण ३ सय बढीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डौंः चितवन जिल्लामा कोरोना सङ्क्रमणका कारण ३१८ को मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार बिहीबारसम्म कोरोनाका कारण सो सङ्ख्यामा मृत्यु भएको हो । कार्यालयले मृत्यु हुनेमा भरतपुर महानगरपालिकाका धेरै रहेका जनाएको छ ।

महानगरपालिकाभित्र २०२ व्यक्तिको मृत्यु भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार खैरहनी नगरपालिकाका २१, माडी नगरपालिकाका ११, रत्ननगर नगरपालिकाका ३२, राप्ती नगरपालिकाका २९ र कालिका नगरपालिकाका २० व्यक्ति छन् । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा कोरोना सङ्क्रमणले तीन व्यक्तिको मृत्यु भएको छ ।

यहाँका विभिन्न अस्पतालमा उपचारका क्रममा र होम आइसोलेसनमा रहेको समयमा उनीहरुको मृत्यु भएको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिए । ढकालका अनुसार जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार नजिक पुगेको छ ।

हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ८७७ पुगेको उनले जानकारी दिए । त्यसमध्ये १६ हजार ८४५ ले सङ्क्रमणमुक्त भइसकेका छन् ।

अहिले एक हजार ७१४ जना सक्रिय सङ्क्रमित रहेको उनले बताए । त्यसमध्ये सार्वजनिक आइसोलेसनमा १०, अस्पतालमा ११२ र होम आइसोलेसनमा एक हजार ५९२ व्यक्ति रहेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार