श्रावण ४, २०८२ आइतबार July 20, 2025

झन् बढ्यो कोरोना सङ्क्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या बढेर तीन हजार ११४ पुगेको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या सात लाख ७९ हजार १७ पुगेको छ । शुक्रबार सङ्क्रमितको सङ्ख्या दुई हजार ९७७ थियो ।

पछिल्लो २४ घण्टामा थप १० हजार ६३५ जनाको पिसिआर परीक्षण तथा चार हजार २८५ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट दुई हजार ३०९ तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ८०५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म छ लाख ४१ हजार ५६५ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार १९७ सङ्क्रमित निको भइ घर फर्किएको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा ६१५ सङ्क्रमित थपिए

काठमाडौँ उपत्यकामा पछिल्लो समय ६१५ सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये काठमाडौँका ४२१, भक्तपुरका ८६ तथा ललितपुरका १०८ जना रहेका मन्त्रालयले जनाएको छ । काठमाडाँै उपत्यकामा सात हजार ६१९ सक्रिय सङ्क्रमित रहेका छन् । काठमाडौँमा पाँच हजार ५७४, ललितपुरमा एक हजार ११३ तथा भक्तपुरमा ९३२ सक्रिय सङ्क्रमित रहेका छन् ।

थप १६ सङ्क्रमितको मृत्यु

पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १६ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ६९५ पुगेको मन्त्रालयले जनाएको छ । शुक्रबार कोरोनाबाट १८ जनाले ज्यान गुमाएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार