श्रावण ४, २०८२ आइतबार July 20, 2025

गोदावरीको सन्तानेश्वर र सिद्धेश्वरमा भक्तजनको घुइँचो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गोदावरी नगरपालिकाभित्रका दुई शिवालय सन्तानेश्वर र सिद्धेश्वरमा भक्तजनको घुइँचो लागेको छ । साउन महिनाको सोमबार भएसँगै आज महादेवको दर्शन र आरधनाका लागि मन्दिरमा दर्शनार्थी आउनेक्रम बढेको हो ।

वडा नं १३ स्थित विवाह गरी लामो समयसम्म सन्तान सुख प्राप्त नगरेकाका साथै भएकाको रक्षाका लागि सतीदेवीको उपल्लो ओठ पतन भएर उत्पत्ति भएको धार्मिक मान्यता रहेको सन्तानेश्वर महादेव मन्दिरमा दर्शन र पूजाका लागि बिहानैदेखि श्रद्धालुको भीड लागिरहेको सन्तानेश्वर संरक्षण तथा सम्वद्र्धन सेवा समितिका अध्यक्ष विनोद खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मुलुकमा कोरोना महामारी बढिरहे पनि १५० रोपनी क्षेत्रफलभित्र रहेको यस महादेव मन्दिरमा कतैबाट पनि बन्द गर्न मिल्ने नहुँदा ठाउँठाउँँँँका भक्तजन मन्दिर आइरहनुभएको छ, मन्दिर आउने दर्शनार्थीलाई मास्कका साथै सामाजिक दूरी कायम गराई हामीले दर्शन पनि गर्न दिइरहेका छौँ ।” मन्दिर हाताभित्र रहेको वनमा इच्छुकका साथै सङ्घसंस्थामा आबद्ध व्यक्तिले वृक्षरोपणसमेत गरिरहेका खड्काले बताउनुभयो ।

वडा नं ३ स्थित प्रत्येक बाह्र वर्षमा सिंहास्त अर्थात् कुम्भमेला लाग्ने सिद्धेश्वर महादेव मन्दिरमा पनि दर्शनार्थीको चहलपहल बढिरहेको गोदावरी कुण्ड तथा सिद्धेश्वर महादेव मन्दिरका पुजारी राधाकृष्ण पुरीले बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष कोभिड सर्ने डरका कारण दुई वर्षअघिको तुलनामा भक्तजन मन्दिर नभित्रिए पनि बिहानैदेखि कुण्डमा स्नान अनि दर्शन गर्न आउने र जानेक्रम भने चलिनै रहेको छ ।”

यसैगरी वडा नं ४ स्थित बडिखेलको तपेश्वर महादेव मन्दिरमा पनि स्थानीय दर्शनार्थीको चहलपहल बढिरहेको देखिन्छ । सातदोबाटोबाट पाँच किलोमिटर दक्षिणपूर्वमा रहेको सन्तानेश्वर महादेवको मूर्ति प्राकृतिक रहेकाले यसलाई ज्योतिर्लिङ्ग महादेव पनि भन्ने गरिन्छ ।

सो शिवालय प्राङ्गणबाट काठमाडौँ उपत्यकाका तीनै शहरको दृश्यावलोकन गर्न सकिने भएकाले यसलाई प्राकृतिक दृश्यावलोकन स्तम्भका रुपमा समेत प्रयोग गरी टाढा–टाढाका स्थान नियाल्ने गरिन्छ । सन्तानेश्वर महादेव मन्दिरमा मुलुकका ७७ जिल्लाका मानिस भित्रिने गरेकाले हरेक शनिबार, साउने सोमबार, जनैपूर्णिमा अनि स्वस्थानी प्रारम्भदेखि समाप्तिसम्म र शिवरात्रिमा समेत भक्तजनको ठूलो चहलपहल हुने गर्छ । सन्तानेश्वरको वनमा ३५ जातका फलफूलका बिरुवा रोपी मन्दिरमा लाग्ने खर्च जोगाउन लागिपरेको समितिले जनाएको छ ।

त्यसैगरी सिद्धेश्वर मन्दिरमा प्रत्येक १२ वर्षमा बृहस्पति ग्रह सिंह राशीमा अस्त हुने समय भदौभरि मेला लाग्ने भएकाले कोभिडअघि स्वदेशका साथै विदेशी मुलुकका भक्तजनसमेत यहाँ दर्शन गर्न र घुम्न आउथे ।

सिद्धेश्वर महादेव मन्दिरमा कोरोना महामारीअघि नेपाली पर्वअनुसार सङ्क्रान्ति, औँशी, पूर्णिमा र एकादशीमा समेत भक्तजनको ठूलो भीड हुने गर्दथ्यो । सो शिवालय लगनखेलबाट १० किलोमिटर टाढा अवस्थित छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार