श्रावण ४, २०८२ आइतबार July 20, 2025

मेची प्रादेशिक अस्पताललाई कारितासको सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मेची प्रादेशिक अस्पताललाई अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक संस्था कारितास नेपालले रु १६ लाखभन्दा बढीको अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

विभिन्न देशका कारितासहरुको आर्थिक सहयोगमा जुटाइएको स्वास्थ्य सामग्री सोमबार अस्पताललाई दोस्रो पटक प्रदान गरिएको हो । दोस्रो लहरको सङ्क्रमण फैलिएयता कारितासले जर्मन कारितासको आर्थिक सहयोगमा रु ११ लाखभन्दा बढीको स्वास्थ्य सामग्री यसअघि नै अस्पताललाई प्रदान गरेको थियो ।

कारितासले यस पटक रु दुई लाख १० हजार मूल्य बराबरको १० थान अक्सिजन सिलिण्डर, रु पाँच लाख ८० हजार मूल्य बराबरको चार थान अक्सिजन कन्सन्ट्रेटर, रु चार लाख ९५ हजार ७८८ मूल्य बराबरको ४५० सेट पिपिइ, रु एक लाख ३२ हजार मूल्यको १०० बट्टा सर्जिकल पञ्जा, रु ६४ हजार १५ मूल्यको ५१५ बट्टा सर्जिकल मास्क, रु ४९ हजार ९४६ मूल्य बराबरको ३४ थान अक्सोमिटर, रु ४५ हजार ८७ मूल्य बराबरको २१० बट्टा स्यानिटाइजर र रु २४ हजार ९९० मूल्य बराबरको भेन्चुरी मास्क अस्पताललाई प्रदान गरिएको संस्थाका कर्मचारी गोविन्दराज कट्टेलले बताए।

अस्पतालको कोभिड वार्ड परिसरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा टङ्कप्रसाद बाराकोटीलाई कारितास नेपाल, दमक शाखा कार्यालय प्रमुख देवेन्द्र पोखरेलले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।दोस्रो लहरको कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिएको, सङ्क्रमण दर तीव्र हुँदा र अस्पताल जानुपर्ने बिरामीको सङ्ख्या निकै भएको, धेरै बिरामीमा अक्सिजनको मात्रा कम हुने, श्वासप्रश्वासमा निकै समस्या हुने गरेको पाइएकाले त्यस्तो बेला बढी आवश्यक पर्ने स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरिएको पोखरेलले बताए।

कारितास नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत मेची अस्पताल नजिक क्षयरोग निवारण संस्थाको परिसरमा अस्पतालसँगको सहकार्यमा कोभिड–१९ हेल्पडेस्क पनि सञ्चालन गरिरहेको छ भने यसै वर्ष झापाकै कमल गाउँपालिकाको आइसोलेसन सेन्टर र दमकमा पनि स्वास्थ्य तथा राहत सामग्री सहयोग गरेको पोखरेलको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार