काठमाडौँ: नेपालमा बुधबार थप ३ हजार ८ सय ४० जनामा कोभिड-१९ पुष्टि भएको छ ।
देशभर गरिएको १० हजार ८८६ पीसीआर परीक्षणका क्रममा २ हजार ६ सय ३४ र ४ हजार ९ सय २२ एन्टीजेन परीक्षणका क्रममा १२ सय ६ जनामा कोभिड पुष्टि भएको हो ।
योसँगै नेपालमा कोभिड संक्रमितको संख्या ७ लाख ४६ हजार ६५७ पुगेको छ । त्यस्तै कोभिडका कारण थप ३३ जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा ९ हजार ७ सय ९१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप १ हजार ९ सय ९३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ४९ हजार ७२ संक्रमित निको भएका छन् ।
हाल नेपालमा २९ हजार ४४४ सक्रिय संक्रमित आइशोलेशन र ३४९ जना क्वारेन्टाइनमा छन् ।
हालसम्म नेपालमा ३५ लाख ७४ हजार ८६४ वटा पीसीआर र ३ लाख ४ हजार ५४६ वटा एन्टीजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया