श्रावण ४, २०८२ आइतबार July 20, 2025

हेटौंडास्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीको चाप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बाग्मती प्रदेशको राजधानी हेटौंडास्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पछिल्लोपटक उपचार सेवा लिन आउने बिरामीको चाप बढ्दै गएको  छ । साथै उपचारबाट निको हुन थालेपछि आयुर्वेदप्रति जनविश्वास पनि बढेको पाइन्छ ।

कार्यालयको एक तथ्याङ्कअनुसार विगतका आर्थिक वर्षको तुलनामा आव २०७७–७८ मा आयुर्वेद स्वास्थ्य केन्द्रमा ११ हजार ७०० बिरामीले उपचार सेवा लिएका छन् । उक्त उपचारका क्रममा १७ वर्षभन्दा माथि उमेर समूहका बिरामीले अत्यधिक उपचार सेवा लिएको केन्द्र प्रमुख एवं डा.सृष्टि श्रेष्ठले बताइन् ।

तुलनात्मकरूपमा अघिल्लो वर्ष २०७६/७७ को तुलनामा गत आव २०७७/७८ करिब चार हजार बढी  बिरामीले सेवा लिएको बताइएको छ । आव २०७६÷७७ मा सात हजार ९९० व्यक्तिले उपचार सेवा लिएको सो केन्द्रले जनाएको छ । साथै केन्द्रले मकवापुरका विभिन्न चार पालिकामा नागरिक आरोग्य केन्द्रसमेत स्थापना गरेको छ ।

वाग्मती गाउँपालिका,  कैलाश गाउँपालिका, बकैया गाउँपालिका र थाहा नगरपालिकामा आरोग्य सेवा केन्द्र स्थापना गरिएको बताइएको छ । आयुर्वेद स्वास्थ्य केन्द्रमा चालु आर्थिक वर्षबाट नेपाल सरकारले निःशुल्क रूपमा दिएको २३ प्रकारका औषधि बाहेकका फिजियोथेरापी, ल्याब, पञ्चकर्म, पूर्व कर्म, क्षारसूत्र र ओपिडी टिकटमा समेत शुल्क लिन थालिएको डा.श्रेष्ठले जानकारी दिइन् । हेटौँडा उपमहानगरपालिका–२ स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा २०७८ साउन १ गतेदेखि ओपिडी टिकट र ल्याब सेवा सञ्चालन गरिएको छ ।

कोभिड–१९ महामारीको समयमा पनि केन्द्रले निरन्तर सेवा दिँदै आइरहेको छ । मकवानपुरमा निषेधाज्ञा भए पनि औषधालयबाट उपचार तथा परामर्श लिनेको सङ्ख्यामा कमी नआएको र कोरोना महामारीबाट मानिसमा आयुर्वेदमा चासो बढेको छ । साथै सेवा सुविधासँगै पर्याप्त जनशक्ति भएका कारण यस वर्ष उपचार गराउन आउनेको सङ्ख्या वृद्धि भएको डा.श्रेष्ठले बताइन् ।

पर्सा जिल्लाको रानीगञ्जमा नारायणी अञ्चल आयुर्वेद औषधालयका नामबाट सञ्चालन हुँदै आएको र औषधालय विसं २०३४ मा हेटौँडामा स्थानान्तरण गरिएको थियो । स्थान्तरणपश्चात विसं २०३८ मा आफ्नै भवन निर्माण गरी हेटौँडा–२ मा हालसम्म रहेको छ । हाल नारायणी अञ्चल आयुर्वेद औषधालयलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नामकरण गरिएको छ ।

औषधालयले ज्येष्ठ नागरिक सेवा, स्तनपायी सेवा, गाउँघर क्लिनिक र धामी–झाँक्रीलगायत स्वास्थ्य समस्या निवारणका कार्यक्रम गरिरहेको बताइएको छ । औषधालयमा फिजियोथेरापी, प्रयोगशाला सेवा र पञ्चकर्म अन्तर्गत पूर्वकर्मसेवा तथा शिरोधारा स्वास्थ्य सेवा पनि सञ्चालनमा छ । आयुर्वेद औषधालयमा अहिले बालकदेखि वृद्धवृद्धासमेत उपचार गराउन आउने गरेका छन् । गत वर्ष सबैभन्दा बढी बिरामी ग्यास्टिकका रहेका थिए । त्यसैगरी हाडजोर्नीसम्बन्धी समस्या भएका रोगी पनि उपचारका लागि आएका थिए ।

सो केन्द्रको आव २०७७/७८ मा आर्थिक प्रगति ८५ प्रतिशत रहेको छ । प्रदेश सरकारको रु एक करोड ९७ हजार र सङ्घीय सरकारको रु ७० लाख गरी रु एक करोड ७० लाख ९७ हजार बजेट प्राप्त भएकामा कार्यालय व्यवस्थापन, कर्मचारी तलब खर्च र औषधि खरिदमा बजेट खर्च भएको डा श्रेष्ठले जानकारी दिइन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार