काठमाण्डौंः पछिल्लो २४ घण्टामा थप तीन हजार ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार ७ सय ८३ जनाको पिसिआर परीक्षण गर्दा दुई हजार चार सय ६७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
यसैगरी चार हजार ८ सय ७८ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार एक सय ४४ जनामा संक्रमण देखिएको छ ।
२४ घण्टाभित्र २७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया