काठमाण्डौंः चितवनमा पछिल्लो २४ घण्टामा १ सय ४३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार ८ सय ४७ जनाको पिसिआर तथा एन्टिजेन परीक्षण गर्दा १ सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ४० जना मात्रै सङ्क्रमणमुक्त भएका छन् भने चार जनाको मृत्यु भएको छ ।
जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार २३६ पुगेको छ । जसमध्ये दुई हजार १ सय ६ जना सङ्क्रमित होम आइसोलेसनमा छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया