श्रावण ४, २०८२ आइतबार July 20, 2025

सन्तानेश्वर महादेव मन्दिर परिसरमा बेलका बिरुवा रोपण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गोदावरी नगरपालिका–ं १३ स्थित सन्तानेश्वर महादेव मन्दिर परिसरमा साउनको तेस्रो सोमबार बेलका बिरुवा रोपिएका छन् ।

विसं २०६९ देखि हरेक वर्ष साउनको दास्रो सोमबार विभिन्न जातका फलफूल तथा औषधिजन्य बिरुवा रोप्ने गरिएकामा आज ५४ बेलका बिरुवा रोपिएको मन्दिर संरक्षण समितिका अध्यक्ष विनोद खडकाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसअघि कटुस, रुद्राक्ष, अमलालगायत ३५ जातका बिरुवा रोपेर हुर्काइरहेका छौं । यसवर्ष भने भगवान् भोलेनाथको प्रिय बस्तु बेल रोप्याँै । यस स्थानको हावापनीमा राम्ररी बेल हुर्किए अर्को ५४ थप गरी १०८ बोट पु¥याउने योजना छ”।

मन्दिर परिसरमा १५० रोपनी जमिन रहेकाले दैनिक खर्च व्यवस्थापनका लागि फलफूल तथा औषधिजन्य बिरुवाको उत्पादनमा जोड दिइएको छ ।

सतीदेवीको माथिल्लो ओठ पतन भएर उत्पति भएको सन्तानेश्वरको प्राकृतिक स्वरुपको दर्शन गरे सन्तान प्राप्त हुने धार्मिक मान्यताले कोरोना महामारीको बेवास्ता गर्दै बिहानै देखि श्रद्धालुभक्तजन मन्दिर भित्रिरहेका पुजारी गङ्गाराम गौतमले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार