चैत्र १६, २०८० शुक्रबार March 29, 2024

एमाले स्थायी र केन्द्रीय कमिटी बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक  बिहान ११ बजे बोलाएका हुन् । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेण्डा तय गर्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

स्थायी कमिटी बैठक सकिए लगत्तै अपरान्ह तीन बजे केन्द्रीय कमिटी बैठक बस्दैछ । दुवै बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको छ ।

बैठकमा दशौं महाधिवेशनको तयारी केन्द्रित निर्णय गर्ने प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

वडा र स्थानीय तहको अधिवेशन गर्नेबारे आवश्यक निर्णय हुन लागेको र विधान अधिवेशन पनि तोकिएकाले त्यसबारे पनि निर्णय हुने केन्द्रीय सदस्य समेत रहनुभएका प्रमुख सचेतक भट्टराईले जानकारी दिनुभयो । एमालेले भदौ अन्तिम साता विधान अधिवेशनको मिति तय गरिसकेको छ ।

अध्यक्ष ओलीले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु भने अनुपस्थित रहँदै आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको समन्वय अपरिहार्य : सञ्चारमन्त्री शर्मा
२०८० चैत्र १५, बिहिबार
दाङमा अटो दुर्घटना हुँदा ३ जना घाइते
२०८० चैत्र १५, बिहिबार
कांग्रेसमा खुसी ल्याउन आवश्यक छः महामन्त्री थापा
२०८० चैत्र १५, बिहिबार
बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री लामिछाने
२०८० चैत्र १५, बिहिबार
रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त
२०८० चैत्र १५, बिहिबार
एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित
२०८० चैत्र १५, बिहिबार
गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता : सुष्मा र अस्मिता सेमिफाइनलमा
२०८० चैत्र १५, बिहिबार