श्रावण ४, २०८२ आइतबार July 20, 2025

स्वास्थ्य मापदण्ड अपनाएर रिखार क्षेत्रमा जनैपूर्णिमा मेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सप्तऋषिले तपस्या गरी ज्ञान हासिल गरेको पवित्र तीर्थस्थलका रुपमा चिनिँदै आएको रिखार क्षेत्रमा जनै पूर्णिमाको दिन जनस्वास्थ्यका मापदण्ड अपनाइ विशेष पूजाआजा हुने भएको छ ।

गत वर्ष विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को सङ्क्रमणका कारण पूजा रोकिएकामा यस वर्ष क्षमा पूजासहित मेलाकोसमेत आयोजना गरिएको हो । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइँनेमङ्गलेमा अवस्थित प्रसिद्ध धार्मिक तथा प्राकृतिक सौन्दर्यले युक्त हिमाली स्थल ‘रिखार क्षेत्र’ धर्तीको स्वर्ग र हिमाली देवताको बासस्थान भनेर चिनिन्छ । “वैदिक समाजका आरम्भकर्ता सप्तऋषीले तपस्या गरेको यस क्षेत्रमा गत वर्ष पहिलो पटक जनैपूर्णिमाको पूजाआजा रोकिएको थियो, तर यस वर्ष भने स्वास्थ्य सावधानी अपनाएर पूजालाई निरन्तरता दिने निर्णय भएको छ”, रिखार युवा क्लबका संरक्षक अङ्कीत पुनले भन्नुभयो । यस वर्ष जनैपूर्णिमा भदौ ६ गते परेको छ ।

हिन्दूका विभिन्न धार्मिक ग्रन्थमा रिखार क्षेत्रका बारेमा धेरै वर्णन गरिएको भए पनि यो क्षेत्र नेपालको म्याग्दी जिल्लामा पर्छ भन्ने कुरा धेरैलाई जानकारीमा नै छैन । मत्स्य पुराणका अनुसार संसार प्रलय भई जलमय हुँदा महाराज सत्यव्रत र अरुन्धतीसहित सप्तऋषि डुङ्गामा चढी सुरक्षितस्थलको खोजीमा समुद्रमा घुम्दै गर्दा लगातार उत्तरतर्फ डुङ्गा खियाउँदै जाँदा उनीहरुले उत्तरापन्थमा धवलागिरि पर्वतलाई समुद्रका बीचमा माथि उठेको देखे र आफ्नो डुङ्गालाई त्यतैतिर अघि बढाई यहाँ आएर तपस्या गरेको उल्लेख गरिएको छ ।

पुलहाश्रमअन्तर्गतका चार धाममध्ये एक धाम मानिने ऋषिराश्रम धामको पूर्वमा गलेश्वरधाम, पश्चिममा मानसरोवरधाम, दक्षिणमा जगन्नाथ धाम र उत्तरमा मुक्तिनाथ धाम रहेका छन् । वाल्मीकि गुफा, अरुन्धती गुफा, सप्तऋषि गुफा नामका गुफा पनि यस क्षेत्रमा रहेका छन् । डुङ्गा आकारको ढुङ्गा र गुफाले मत्स्यपुराण र श्रीमद्भागवत् महापुराणका दृष्टान्तलाई सत्य प्रमाणित गरिदिएको गलेश्वर शिवालय क्षेत्रविकास कोषका उपाध्यक्ष पं भीमनाथ पराजुलीले बताउनुभयो । सप्तऋषिको तपोभूमिसमेत रहेको रिखार क्षेत्र हिन्दू धर्मावलम्वीको आस्थाको धरोहरसमेत मानिन्छ ।

हरेक वर्ष जनैपूर्णिमामा यहाँ आउने भक्तजनले एकपटक पुग्नैपर्ने पर्यटकीय तथा धार्मिकस्थलका रुपमा प्रचारप्रसार गरेकै आधारमा पछिल्लो समय जिल्लाका साथै देशभरबाट धार्मिक पर्यटक आफ्नो मनोकामना पूरा हुने जनविश्वासका साथ रिखार क्षेत्रमा पुग्ने गरेको वडा अध्यक्ष गमान छन्त्यालले जानकारी दिनुभयो ।

समुद्री सतहदेखि चार हजार ६०० मिटरको उचाइमा अवस्थित रिखारमा पुग्ने धेरैले त्यहाँको भौगोलिक तथा मन्दिर आसपासका दृश्यलाई अवलोकन गरेपछि प्रकृतिको अनुपम उपहार पाएको धर्तीको स्वर्ग भनेर भन्ने गर्छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार