श्रावण ४, २०८२ आइतबार July 20, 2025

गौरा पर्वको दोस्रो दिन ‘नानी गौरा’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डौंः चार दिनसम्म मनाइने सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा शुक्रबारदेखि सुरु भएकोे छ ।

दोस्रो दिन आज ‘नानी गौरा’ मा ब्रतालु महिलाले हिजो भिजाएका बिरुडा पाँच प्रकारका अन्नलाई नजिकका धारा, तलाउमा लगेर धुने गर्छन् ।

सवाँ, अपामार्गलगायत वनस्पति प्रयोग गरेर नुहाउनाका साथै गौराको प्रतिमूर्ति बनाइ नजिकका पानीका मुहान, धारा तथा तलाउमा पूजाआजा गर्ने गरिएको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटका गोल्मा भाटले बताइन् ।

बिरुडा पञ्चमीका दिन भिजाइएका बिरुडाले गौराको पूजा गरिनाका साथै बारीमा फलेका विभिन्न फलफूल पनि गौरादेवीमा चढाउने प्रचलन रही आएको छ। आज दिउँसो गौरादेवीको पूजा गरेपछि ब्रतालु महिलाले साँझपख मीठोमसिनो खाएर बिरुडा र फलफूलसहितको सगुन फाग गाउँछन् ।

पौराणिककालमा गौरा देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवलाई स्वामी बनाउन सफल हुनुभएकीले त्यसै बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झना स्वरूप यो पर्व मनाउने परम्परा चल्दै आएको स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टले बताए। दुर्वाष्टमी अर्थात् अठ्यावाली यो पर्वको मुख्य दिन हो ।

भोलि सप्तमीका दिनमा गौरालाई भित्र्याइनाका साथै महिलाले धारणा गर्ने विशेष प्रकारको धागो समर्पण गर्ने र अठ्यावालीका दिन धारण गर्ने चलन रहिआएको छ। तागाधारी पुरुषले जनै धारण गरेजस्तै महिलाले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन् ।

गौराका समयमा सामूहिकरुपमा देउडा, ठाडो खेल, ढुस्को, धमारीलगायत सांस्कृतिक खेल खेलिने गरिएकामा कोरोना भाइरसका कारण सामूहिकरुपमा जमघट नहुँदा गौराको रौनक नै नभएको स्थानीयले बताएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार