वैशाख १३, २०८१ बिहिबार April 25, 2024

प्रहरीका चार एआईजीको जिम्मेवारी हेरफेर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले नेपाल प्रहरीका चार जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको सरुवा गरेको छ । स्रोतका अनुसार विगत एक महिनादेखि बढुवा भएर पनि जिम्मेवारीविहीन बनेका एआईजी सहकुलबहादुर थापालाई कार्य विभागको प्रमुख बनाइएको छ ।

यसैगरी, अपराध अनुसन्धान विभागमा रहेका विश्वराज पोखरेललाई मानव स्रोत तथा प्रशासन विभागको नेतृत्व दिइएको छ । प्रहरी संगठनमा मानव स्रोत विभागलाई महत्वपूर्ण विभागका रूपमा लिइन्छ ।

यसअघि पोखरेलले नेतृत्व गरेको अपराध अनुसन्धान विभागमा भने एआईजी प्रद्युम्न कार्कीलाई लगिएको छ । उनी रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मानव स्रोतका एआईजी निरजबहादुर शाहीलाई पठाइएको छ ।

उपत्यका प्रहरी कार्यालयका एआईजी हरिबहादुर पाललाई भने सोही स्थानमा यथावत् राखिएको छ । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया