श्रावण ३, २०८२ शनिबार July 19, 2025

अब ट्वीटर प्रयोगकर्ताले आफ्ना पुराना ट्वीट लुकाउन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रयोगकर्ताको गोपनियतालाई अझ बढी प्रभावकारी बनाउने उद्देश्यका साथ ट्वीटरले पुराना ट्वीट लुकाउन सक्ने फिचर उपलब्ध गराउने भएको छ । त्यसका लागि कम्पनीले ‘आर्काइभ’ अप्सन थप गर्ने जनाइएको छ ।

यसको अर्थ तपाईंले उक्त अप्सनमार्फत पुराना ट्वीटलाई आर्काइभ गरेर राख्न सक्नुहुनेछ । जुन अन्य प्रयोगकर्ताले देख्न पाउने छैनन् । उक्त अप्सनमा प्रयोगकर्ताले ३०, ६०, ९० दिन अथवा पुरै एक वर्षकै ट्वीटलाई आर्काइभ गरेर राख्न सकिने जनाइएको छ ।

यसका साथै तपाईंले लाइक गर्नु भएको ट्वीट कसले हेर्न सक्छ भन्ने विषय पनि प्रयोगकर्ता आफैले निर्धारण गर्न सक्ने गरी नयाँ फिचरको तयारी भइरहेको उल्लेख गरिएको छ ।

प्रयोगकर्ताको आफ्नो सोसल मिडियासँग सम्बन्धित गोपनियतालाई कायम राख्नका लागि यो फिचर उपलब्ध गराउने तयारी भएको हो । त्यसैले कम्पनीले यसलाई ‘सोसल प्राइभेसी’ का रुपमा लिएको छ । जसले प्रयोगकर्तालाई ट्वीटरमा सक्रिय हुन अझ बढी सहजता प्रदान गर्ने अपेक्षा कम्पनीको छ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया