श्रावण ४, २०८२ आइतबार July 20, 2025

गोकर्णेश्वर मन्दिर क्षेत्र प्रदूषित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भाद्र कृष्ण औँसीका अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लागेको मेलाका क्रममा गोकर्णेश्वर क्षेत्रमा जम्मा भएको फोहर नउठ्दा वाग्मती किनारको क्षेत्र प्रदूषित बनेको छ ।

गोकर्णे औँसीसमेत भनिने मेला सकिएको तीन दिन बितिसक्दा पनि फोहर नउठ्दा सडकमा हिँड्न पनि नसकिने अवस्था भएको मन्दिर क्षेत्र पुग्ने दर्शनार्थीको गुनासो छ । मेलाका दिन राष्ट्रिय शहीद स्मारक निर्माण क्षेत्रस्थित यज्ञडोल (जगडोल) सामुदायिक वनदेखि नेपाल ट्रष्टको कार्यालयको नाममा रहेको वन क्षेत्रसम्म भक्तजनको भीड लागेको थियो ।

गोकर्णेश्वर क्षेत्रमा कुहिने फोहर फालिएका स्थानमा गन्धले समस्या छ । नकुहिने प्लाष्टिकलगायत फोहर फालिएका सडकको सौन्दर्यतामा नकारात्मक प्रभाव परेको स्थानीय रश्मी श्रेष्ठले गुनासो गरिन् । मेला सकिएको तीन दिन बित्दा पनि गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिले फोहर नउठाएको उनले बताइन् ।

कुशे औँसीको दुई दिनपछि हरितालिकाको व्रत बसेका व्रतालु महिला मन्दिर क्षेत्र पुग्दा नाक थुनेर हिँडेको दृश्य देखिन्थ्यो । मन्दिर क्षेत्रमा थुप्रिएको फोहर उठाउन ढिला हुँदा रोगको सङ्क्रमण बढ्नसक्ने खतरा बढेको स्थानीयवासी कविन्द्र कार्की बताउँछन् ।

राष्ट्रिय शहीद तथा निजामती स्मारक यज्ञडो (जगडोल) सामुदायिक वन पार्क व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देल सडक मुनिको भागमा मन्दिर क्षेत्र प्रबन्ध समितिले सफाइ गर्नुपर्नेमा ढिला भएको बताउँछन् । स्मारक क्षेत्रको सफाइ भने आजदेखि सुरु गर्न लागिएको उनले जानकारी दिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार