श्रावण ३, २०८२ शनिबार July 19, 2025

आजदेखी नेपाल टेलिकमको ‘नमस्ते-पे’ शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल टेलिकमले आज मंगलबारबाट ‘नमस्ते-पे’ मोबाइल वालेट सुरु गर्ने भएको छ ।

‘यूएसएसडी र इन्टरनेटमा आधारित मोबइल एप्सबाट नमस्ते पेको सेवा लिन सकिनेछ,। एसएएसडी भनेको अहिले स्टार १४१५ ह्यास डायल गरेर सेवाका लागि इन्टरनेट नहुँदा पनि गर्न सकिने ‘अनुरोध प्रणाली’ हो  ।

नेपाल टेलिकमका प्रवन्ध निर्देशक अधिकारीका अनुसार शुरुआतमा नमस्ते पेाबाट पाइने सेवा के-को हुने भन्ने मंगलबार नै जानकारी दिइने छ ।

टेलिकमकै मोबाइलबाट पेमेन्ट सुविधा सुरु भएमा नेपालमा पनि एकैपटक ठूलो समुदायसम्म मोबाइल बैंकिङ फैलिने अपेक्षा छ । पानी, बिजुली, टेलिफोनको बिल तिर्नेदेखि टिकटहरु काट्न, रकम ट्रान्सफर गर्न यो प्रविधि उपयोगी हुन्छ ।

टेलिकमको मोबाइलबाटै बैंकिङ सिस्टम अपरेट हुनसक्छ । माइक्रो इन्स्योरेन्स, लघुवित्त, सापटी लगायतका सुविधा पनि प्राप्त गर्न सकिन्छ । तर, टेलिकमले नेपालमा कस्ता-कस्ता सेवा दिन्छ भन्ने हेर्न बाँकी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया