श्रावण ४, २०८२ आइतबार July 20, 2025

मायादेवी मन्दिर पर्यटकका लागि बिहीवारबाट खुला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः साँढे ३ महिनापछि मुलुकको प्रमुख पर्यटकीय गन्तब्य लुम्बिनीस्थित मायादेवी मन्दिर पर्यटकका लागि बिहीवारबाट खुला गरिएको छ ।

मन्दिर खुलैसँगै बिहानै लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल श्रीमतीसहित आएर पूजाआजा गरेका थिए । मन्दिर खोलिएसँगै आन्तरिक पर्यटकको चहलपहल पनि बढेको छ  ।

बिहीबार मात्रै ५ सय बढी पर्यटकले मन्दिर अवलोकन गरेका छन् । केन्द्रीय नहरमा डुंगा संचालन भएको छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पर्यटकलाई मन्दिर प्रवेश गर्न दिईएकोछ । दर्शकहरूलाइ डेढ-डेढ मिटरको दुरीमा उभिन लगाई लाईन लगाएर ज्वरो नापेर भित्र पठाउने गरिएको छ । मास्क अनिवार्य गरिएको छ ।

मन्दिर, अशोक स्तम्भ, पुष्करणी पोखरी, स्तुपको भग्नावषेश र प्राचीन ईनार अवलोकन गरि पर्यटक फर्कने गरेका छन् । कोरोना भाईरस संक्रमणको दोस्रो लहर फैलिएसँगै बैशाख १६ गतेबाट मन्दिर पूर्ण बन्द गरिएको थियो ।

यसअघि पनि कोरोना भाईरस संक्रमणको पहिलो लहरमा करिब ८ महिनामा मन्दिर बन्द गरिएको थियो । लुम्बिनीमा वार्षिक १६ लाख हाराहारीमा स्वदेशी विदेशी पर्यटक र तिर्थालु आउने गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार