काठमाण्डौंः इन्टरनेट सेवा प्रदायकहरूले इन्टरनेटको मूल्य बढाउने भएका छन् ।
बुधबार बसेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) को बैठकले ग्रामीण क्षेत्रमा प्रतिग्राहक तीन सय र सहरी क्षेत्रमा प्रतिग्राहक एक सय ५० रुपैयाँका दरले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको हो ।
सुबिसु, वर्ल्डलिंक, भायानेट, क्लासिकटेक, इस्टलिंक लगायत ठूला सेवा प्रदायकका पत्र संकलन भइसकेका छन् । आइस्पानमा पत्र बुझाउनका लागि सेवा प्रदायकलाई बिहीबार साँझ ४ बजेसम्मको समय दिइएको र त्यसपश्चात् संकलन भएको पत्र प्राधिकरणमा एकमुस्ट बुझाइने भएको छ ।
यसअघि नेपाल विद्युत प्राधिकरणले आफ्नो ओपीजी फाइबरको भाडादर वृद्धि गरी एक वर्षमा प्रतिकिमी कर बाहेक ३२ हजार पुर्याएको थियो । जुन पहिलेको तुलनामा दोब्बर हो ।
विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय नै नगरी एकतर्फी रुपमा विद्युत पोलको भाडादर बढाउँदा सञ्चालन खर्च बढेको भन्दै सेवा प्रदायकले नेपाल दूरसञ्चार प्राधिकरण समक्ष गुनासो गर्दै आएका थिए । टेकपानाबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया