श्रावण ३, २०८२ शनिबार July 19, 2025

साओमीको रेड्मी १० प्राईम मोबाइल नेपाली बजारमा भोलि सार्वजनिक हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली बजारमा भोलि साओमीको रेड्मी १० प्राइम सार्वजनिक हुने भएको छ । ६ हजार एमएएच क्षमताको ब्याट्रीसहित याे फाेन पूर्ववर्ति रेड्मी ९ प्राइमको तुलनामा उल्लेख्य अपग्रेडसहित आउने कम्पनीले जनाएकाे छ ।

यसमा पञ्च होल डिस्प्ले डिजाइन, ५० मेगापिक्सेलको मुख्य सेन्सरसहित ट्रिपल रियर क्यामेरा, मिडियाटेक हेलियो जी८८ चिपसेट लगायतका फिचर छन् ।

त्यस्तै फोनमा ९० हर्जको रिफ्रेस रेटसहित ६.५ इन्चको फुल एचडी प्लस डिस्प्ले छ भने स्क्रिन प्राेटेक्सनका लागि काेर्निङ गाेरिल्ला थ्री छ ।

याे फाेन ४ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेज तथा ६ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ ।

साथै कम्पनीले फोनमा भर्चुअल रूपमा २ जीबी र्‍याम थप्न मिल्ने सुविधा दिएको छ ।

यो फोन नेपाली बजारमा २० देखि २५ हजार रूपैयाँभित्र उपलब्ध हुने अनुमान गरिएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया