श्रावण ४, २०८२ आइतबार July 20, 2025

बैतडीमा अनन्त चतुर्दशीको मेला सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा भव्य मेला लागेको छ । हरेक वर्ष निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा पूजाआजासहित जात्रा लाग्ने गर्छ ।

निङ्गलाशैनी भगवती मन्दिरमा अन्य जात्राको समयमा बलि चढाइने भए पनि यो जात्रामा बलि नचढाइने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए ।

तीन दिनअघिदेखि मेला सुरु भई पूर्णिमाको बिहान मेला सकिने बोहराले जानकारी दिए । यस मेलामा सोराड र बैतडी सदरमुकाम क्षेत्रबाट दर्शनार्थी आउने गरेको उनले बताए ।

यस जात्रालाई स्थानीय भाषामा ठूली जात भन्ने चलन रहिआएको छ । जात्राको अवसरमा ठाडो खेल, देउडा खेललगायतका सांस्कृतिक खेल पनि हुने गरेका छन् । अनन्त चतुर्दशीको मेला भाद्र शुक्ल त्रयोदशीबाट सुरु भएर पूर्णिमाका दिन सकिन्छ ।

मेलामा दिनरात मन्दिरमा जाग्राम बस्ने भक्तजनको समेत घुइँचो लाग्ने गर्छ । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको स्थानीय बहादुर बोहराले बताए ।

बिगतमा निकै चहलपहल हुने जात्रामा यसपालि कोरोनाको प्रकोपका कारण भिडभाड कम गर्न अस्थायी पसलहरू थाप्न रोक लगाएको छ भने मदिरा निषेधित क्षेत्र घोषणा गरिएको दशथचन्द नगरपालिका- २ का वडा अध्यक्ष रनबहादुर बोहराले बताए । मेलामा आउने भक्तजनका लागि मास्कको प्रयोग अनिवार्य गरिएको छ ।सीपी लोहिया/न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार