श्रावण ४, २०८२ आइतबार July 20, 2025

पाखुरामा अनन्त बाँधेर अनन्त चतुर्दशी मनाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सप्तरीसहित तराईका जिल्लाहरूमा भगवान् विष्णुको पूजा गरी धुमधामले अनन्त चतुर्दशी मनाइएको छ । मैथिली समुदायका हिन्दु धर्मावलम्बीहरूले असोज महिनाको चतुर्दशी तिथिमा अनन्त चतुर्दशी मनाउने गरेका छन् ।

यो पूजा प्रत्येक घरमा नभएर टोल छिमेकमा केही घरमा हुने र त्यहीँ पुगेर सबैले सामूहिक रूपमा पूजा गर्ने चलन छ ।
घरमा जति सदस्य छन्, त्यतिवटा अनन्त र प्रसादी बोकेर पूजा भएको ठाउँमा जाने छिमेकी, आफन्तहरू मिलेर सामूहिक रूपमा पूजा गरेर अनन्त बाँध्ने गरेको अधिवक्ता राजेन्द्रप्रसाद देव बताउँछन् ।

किंवदन्तीअनुसार सत्य युगमा अमृतको खोजी गर्नका लागि समुद्रको मन्थन गरिएको थियो । मन्थन गर्ने क्रममा अमृतसहित १४ रत्न फेला परेको दिनदेखि अनन्त पूजा गर्ने र हातको पाखुरामा अनन्त बाँध्ने चलन रहेको पण्डित शम्भु मिश्र बताउँछन् ।

उनी भन्छन्,´अनन्त भनेको कहिल्यै अन्त्य नहुने हो अर्थात् भगवान विष्णु । भगवान् विष्णुको कहिल्यै अन्त्य हुँदैन ।`

१४ वटा रत्नको प्रतीकका रूपमा १४ वटा धागोले बनाइएको अनन्त महिलाले देब्रे र पुरुषले दाहिने हातको पाखुरामा वर्षभरि रक्षाका लागि लगाउने चलन रहेको पण्डित मिश्रको भनाइ छ । सुधा देव/न्युज कारखानाश

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार