श्रावण ३, २०८२ शनिबार July 19, 2025

अब सबै प्रकारका सवारी कर, दर्ता र नवीकरणको शुल्क ईसेवाबाट भुक्तानी गर्न सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बागमती प्रदेशमा दर्ता भएका सबैखाले सवारी साधनको कर तथा राजस्व, सवारी दर्ता तथा नवीकरणको शुल्क ईसेवामार्फत भुक्तानी गर्न सकिने भएको छ ।

बागमती प्रदेश सरकार र ईसेवाको सहकार्यमा सवारी साधनको कर, दर्ता र नवीकरण अनलाइनबाटै गर्न सकिने सेवाको सुरूवात भएको हो ।

योसँगै अब सवारी साधनको कर तिर्न, सवारी दर्ता तथा नवीकरण तथा इन्स्योरेन्स्को भुक्तानी गर्न यातायात कार्यालयमा गई लामो लाइन लाग्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ ।

दुई पांग्रे, चार पांग्रे, ठूला तथा हेवी सवारी, निजी तथा सार्वजनिक कुनै पनि किसिमका सवारी साधनको कर, दर्ता र नवीकरण ईसेवाबाटै गर्न सकिनेछ ।

ईसेवा अकाउन्ट भएका प्रयोगकर्ताले आफ्नो मोबाइलबाटै कर भुक्तानी, दर्ता र नवीकरण गर्न सकिन्छ भने ईसेवा अकाउन्ट नभएका ग्राहकले नजिकको ईसेवा जोन तथा पोइन्टबाट सेवा लिन सकिन्छ ।

सवारी करको सेवा सुरूवातबारे ईसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले भने ‘ईसेवाले जहिले पनि आम मानिसको दैनिक जीवनलाई सहज बनाउने उद्देश्य राखेको हुन्छ । सवारी कर अनलाइनबाट भुक्तानी गर्दा धेरै सहज हुनेछ भन्ने हाम्रो विश्वास छ । हामीले अन्य प्रदेशमा पनि यो सेवा विस्तार गर्दै जानेछौं ।’ -टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया