श्रावण ३, २०८२ शनिबार July 19, 2025

दशैंमा घर जाँदै हुनुहुन्छ ? अनलाइनबाटै यसरी काट्नुहोस् बसको टिकट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः दशैंलाई लक्षित गर्दै उपत्यकाबाहिर जानेहरूका लागि सरकारको समन्वयमा यातायात व्यवसायीले आज (सोमबार) बाट बसको अग्रिम टिकट बुकिङ पनि सुरु गरेका छन् ।

बसको अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्क, पुरानो बसपार्क, सुन्धारा, गौशाला लगायतका क्षेत्रमा टिकटका लागि चहलपहल सुरु भइसकेको छ । यसरी काउन्टरमा गएर लाइन बसेर टिकट काट्ने दृश्य हरेक वर्ष दशैंमा दोहोरिरहने पुरानो पद्धति हो ।

तर, आज त हामी प्रविधिसँग धेरै नजिक भइसकेका छौ । यस्तोमा त्यही पुरानो पद्धतिमा लाइन बसेर टिकट काट्नु कति व्यवहारिक हो त ? आज हामी यो दशैंमा घर जान अनलाइनबाट कसरी टिकट काट्ने भन्ने विषयमा जानकारी दिँदै छौं ।

अनलाइन टिकेटिङको सेवा उपलब्ध गराउने धेरै वेबसाइट र एप छन् । त्यसमध्ये बससेवाबससेवा नेपालवेस्ट नेपाल बसस्मार्ट यात्रुबस नेपाल लगायतका प्लेटफर्म उपलब्ध छन् । यी प्लेटफर्मले देशका विभिन्न स्थानमा जाने बस व्यवसायीसँगको सहकार्यमा अनलाइन टिकट उपलब्ध गराउँदै आएका छन् । यद्यपि तपाईंले जान चाहेको ठाउँको टिकट एउटा प्लेटफर्ममा उपलब्ध नहुन सक्छ । साथै प्लेटफर्मअनुसार बसको टिकटको शुल्क पनि फरक पर्न सक्छ ।

त्यो हुँदा तपाईंले सबै विकल्पहरू हेर्न आवश्यक हुन्छ । यति गरेसँगै अब टिकट काट्ने कसरी भन्ने हो । त्यसका लागि बससेवाबससेवा नेपालवेस्ट नेपाल बसस्मार्ट यात्रुबस नेपाल अथवा अन्य कुनै वेबसाइट खोल्नुहोस् ।

त्योसँगै अब आफ्नो अकाउन्ट बनाउनुहोस् । जब तपाईंले अकाउन्ट बनाएर रजिस्टर गर्नुहुन्छ, अब लगईन गर्नुहोस् । लगईन भएसँगै वेबसाइटमा एउटा फर्म देख्नुहुनेछ । जहाँ तपाईंले आफू रहेको स्थान अर्थात कहाँबाट गाडी चढ्ने हो छनोट गर्न सक्नुहुनेछ ।

त्यसमध्ये आफूलाई पायक पर्ने बस र सिट छनोट गरी अब बुकिङ अघि बढाउन सक्नुहुनेछ । जब तपाईंले बुकिङको लागि अघि बढ्नुहुनेछ तब तपाईंले आफ्नो जानकारी उपलब्ध गराउनु पर्नेहुन्छ ।

जब तपाईंले आफ्नो जानकारी भरी बुकिङ गर्नुहुन्छ तब त्यहाँ पेमेन्टको अप्सन देखापर्नेछ । पेमेन्टका लागि बैंकका साथै, ई-सेवा, खल्ती, आईएमई पे जस्ता विभिन्न वालेट त्यहाँ देखिनेछन् । त्यसमध्ये आफूलाई पायक पर्ने विकल्प छनोट गरी त्यसमार्फत अनलाइन भुक्तानी गर्न सक्नुहुनेछ ।

त्यसरी भुक्तानी गरेसँगै तपाईंको टिकट बुकिङ सफल हुनेछ । अब तपाईंको टिकट बुकिङ भएसँगै त्यसलाई डाउनलोड गरी सुरक्षित राख्न भने आवश्यक छ । त्यो भएको खण्डमा यात्रको क्रममा तपाईंलाई सहज हुनेछ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार