श्रावण ३, २०८२ शनिबार July 19, 2025

६० वाट फास्ट चार्जिङसहित ‘ओप्पो के नाइन प्रो’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चिनियाँ ब्राण्ड ओप्पोले बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले हालै ‘ओप्पो के नाइन प्रो’ सार्वजनिक गरेको हो । यो फोन मिडियाटेक डाइमेन्सिटी १२०० चिपसेटद्धारा सञ्चालित छ ।

फोनमा ६.४३ इन्चको ओलईडी फुल एचडी प्लस रेजोलुसन, १२० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिङ रेट रहेको छ ।

त्यस्तै यसमा ६४ मेगापिक्सेलको मुख्य सेन्सरसहित ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा रहेको छ । सेल्फीका लागि १६ मेगापिक्सेलको सेन्सर छ ।

फोनमा ४५०० एमएएचको ब्याट्री छ, जुन ६० वाटको फास्ट चार्जरसहित आउँछ ।

एन्ड्रोइड ११ मा आधारित कलरओएस ११.३ मा चल्ने फोन ब्ल्याक र ब्ल्यु गरी दुई कलरमा उपलब्ध छ ।

चिनियाँ बजारमा यो फोनको मूल्य ८/१२८ जीबी भेरियन्टको २१९९ (४० हजार रूपैयाँ) र १२/२५६ जीबी भेरियन्टको २६९९ (४९ हजार रूपैयाँ) रहेको छ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार