श्रावण ३, २०८२ शनिबार July 19, 2025

निफ्राले अब ८ प्रतिशत शेयर बोनस बितरण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले यस अघि घोषणा गरेकोे लाभांश संशोधन गरेको छ। निफ्राले अब ८ प्रतिशत शेयर बोनस वितरण गर्ने भएको छ ।

असोज २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश परिमार्जन गरेको हो। नियामक राष्ट्र बैंकले बैंकहरुले वितरणयोग्य लाभांशको ३० प्रतिशत मात्र नगदमा वितरण गर्न पाउने व्यवस्था गरेसँगै निफ्राले प्रस्ताव गरेको जनाएको छ ।

योसँगै अब निफ्राले आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र सो प्रयोजनका लागि लाग्ने करसहितको नगद लाभांश वितरण गर्ने छ। यसअघि निफ्राले आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ८.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया