काठमाण्डौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक सयले बढेर ९१ हजार ४ सय कायम भएको छ। छापावाल सुन सोमबार प्रतितोला ९१ हजार ३ सयमा मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला र ९० हजार ९ सयमा कारोबार हुनेछ जुन सोमबार प्रतितोला ९० हजार ८ सयमा कारोबार भएको थियो ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य सोमबारको तुलनामा प्रतितोला १० ले बढेर एक हजार दुइ सय ३५ पुगेको छ। चाँदी सोमबार प्रतितोला एक हजार २२५ मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी तथा रत्न आभुषण व्यवसायी महासंघका अध्यक्ष रमेश महर्जनको असामयिक निधनको शोकमा मङ्गलबार सुनचाँदी व्यवसायीले कारोबार बन्द गरेका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया