श्रावण ३, २०८२ शनिबार July 19, 2025

यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानक‍ो अनुमति पायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः यति एयरलाइन्सले पनि अन्तर्राष्ट्रिय उडान अनुमति (एओसी) पाएको छ । निजी क्षेत्रबाट सञ्चालित वायुसेवा कम्पनी यति एयरलाइन्सलाई बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणले एओसी प्रदान गरेको हो ।

प्राधिकरणले हालका लागि यती एयरलाई चार्टर्ड र ननसेड्यूल उडानमा मात्र एओसी प्रदान गरेको हो । यससँगै अब यति एयरले दक्षिण एसिया तथा दक्षण–पूर्वी एसियाली मुलुकमा चार्टर्ड र ननसेड्यूल उडान गर्ने जनाइएको छ ।

अब नेपालबाट एओसी पाउने एयरलाइन्स संख्या ५ पुगेको छ । मुलुकको एकमात्र सरकारी वायुसेवा नेपाल एयरलाइन्स र निजी क्षेत्रको हिमालय एयरलाइन्सले हाल अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । यसैगरी निजी क्षेत्रकै बुद्ध एयर र श्री एयरलाइन्सले पनि एओसी पाइसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया