श्रावण ३, २०८२ शनिबार July 19, 2025

आन्तरिक पर्यटकलाई लोभ्याउँदै काभ्रेको ‘चुच्चे ढुंगा’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काभ्रेको धुलिखेल नगरपालिका वडा नं. ९ देवीस्थानडाँडामा रहेको चुच्चे ढुंगामा चढेर र त्यही नजिकै बनाएको पिङ खेलेर मनोरञ्जन लिनका लागि पछिल्लो समयमा आन्तरिक पर्यटकहरुको आगमन बढ्न थालेको छ ।

पहिला खाली रहेको देवीस्थानको नाङगो डाँडामा अहिले घोडचडीदेखि पिङको मज्जा लिनका लागि पर्यकटकहरुको घुईचो बढ्न थालेको हो ।

पर्यटकीय क्षेत्र धुलिखेलको देवीस्थानमा मनोरञ्जका साथै आनन्द लिनका लागि पुग्ने गरेका पर्यटकहरुले अब चुच्चे ढुंगामा चढेर सेल्फी लिने गरेकोमा थप मनोरञ्जन लिन पिङ खेल्न समेत पाएपछि झन् आकर्षणनको केन्द्र बनेको छ ।

काभ्रेको धुलिखेल घुम्न आउने पर्यटकहरु जो कोही पनि एक पटक धुलिखेलको हजार सिंढी हुँदै बुद्धको मूर्ति रहेको शान्तिवन पार्क र त्यसमाथिको देवीस्थान डाँडामा रहेको चुच्चे ढुंगा, शान्ति पार्क र त्यही डाँडाको पल्लोपट्टी रहेको शहीद भलभद्र कुँवरको शालिक भएको डाँडामा पुग्ने गर्दछन् ।

वरिपरिको हरियाली वनजंगलको माथि अग्लो डाँडामा बसेर स्वच्छ हावा खेलेर मनोरम हिमश्रृंखलाका दृश्यहरु नियाल्दै पछिल्लो समयमा पीङ खेलेर मनोरञ्जनसमेत लिन पाउने भएकाले देवीस्थानडाँडा सबैको रोजाईमा पर्ने गरेको घुम्नआउने पर्यटकहरु बताउँछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार