श्रावण ३, २०८२ शनिबार July 19, 2025

ताप्लेजुङको याङ र घुन्सामा आलु उत्पादन वृद्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ याङ र वडा नं – ६ घुन्सामा आलु उत्पादन वृद्धि भएको छ । गत वर्ष निराश भएका कृषक यस याममा उत्पादनमा सुधार आएसँगै उनीहरु उत्साहित भएका हुन् ।

फक्ताङलुङ –६ का  पेमा शेर्पाले एकमुरी मुरी  आलु गत असारमा रोपेकी थिइन् उनले भनिन् “ सातमुरी भन्दा वढी उत्पादन भयो ” । सोही गाउँका उटुक र टाँसी शेर्पाले पनि गतवर्षको भन्दा दोब्बर आलु उत्पादन भएको जानकारी दिइन् ।

हिमाली क्षेत्र भएकाले याङ र घुन्सामा अन्य खेतीपाती हुँदैनन् । आलु भण्डारणका रूपमा रहेको घुन्सा क्षेत्रमा गत वर्ष आलु बीउको अभाव भएको थियो ।

ती क्षेत्रमा उत्पादन भएको आलु अगामी मङ्सिरको तेस्रो सातादेखि याकमार्फत ढुवानी गरेर चेनेसम्म पुर्याउने गर्दछन् । चेनेमा अस्थायी टहरा निर्माण गरेर आलुको व्यापारका लागि आलु कृषक तयारी हुन्छन् ।

आलु बीउका लागि तल्लो क्षेत्रका समुदायले कोदो, मकैलागयतका अन्न बोकेर दुई-चार दिन पैदलयात्रा गरेर आलु व्यापारिक केन्द्र याङमाको चेनेमा पुग्ने गर्दछन् । घुन्सा क्षेत्रका आलु व्यापारिक केन्द्र फले पुग्ने गर्दछन् । एक पाथी अन्नमा आलु दुईदेखि चार पाथीसम्ममा साट्ने प्रचलन छ ।

गत वर्ष ती क्षेत्रमा आलु उत्पादन कमी आएसँगै आलुको त्यति व्यापार नभएको याङमाका ठावा शेर्पाले जानकारी दिए । विगत वर्षमा जस्तै नभए पनि गत वर्षभन्दा आलु उत्पादनमा वृद्धि भएको उनको भनाइ छ ।

आलु उत्पादनमा सुधार आएसँगै आलु कृर्षकमा आशा पलाएको  स्थनीयवासी भनाइ छ ।  यी क्षेत्रमा कति आलु उत्पादन हुन्छ भनेर तथ्याक सङ्कलन नभएको फक्ताङलुङका कृषि शाखाका प्रविधिक सहायक ओमप्रकाश शर्माले जानकारी दिए। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार