श्रावण ३, २०८२ शनिबार July 19, 2025

पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि भएको छ । शुक्रबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य बृद्धि गरेको हो ।

निगमले पेट्रोलको मूल्यमा तीन रुपैयाँले वृद्धि गरी १३३ रुपैयाँ कायम गरेको छ भने डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ११६ रुपैयाँ पुर्याएको छ । आन्तरिक तथा बाहृय हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर १० ले वृद्धि भएको छ ।

योसँगै आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८५३ प्रति किलो लिटर कायम गरिएको छ ।

एलपी ग्याँसमा काठमाण्डौंको साविक बिक्री मूल्यमा प्रति सिलिण्डर ५० रुपैयाँले वृद्धि गरी १ हजार ५०० रुपैयाँ प्रतिसिलिण्डर कायम गर्ने गरिएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार